Logo
Logo

सरकारले भन्यो- ‘अब कोरोना संक्रमितलाई शय्या दिन सकिँदैन’


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमण ह्वात्तै बढेपछि सरकारले अब थेग्न नसकिने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपिल जारी गरी अस्पतालमा शैया समेत भरिएको जनाएको छ । जसकारण सुरक्षित रहन बिशेष अपिल गरिएको छ ।

मन्त्रालयको अपिलमा २० जिल्ला अत्याधिक प्रभावित भएको उल्लेख छ । जसमा मोरङ , सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुर छन् । तीमध्ये धेरै जसो जिल्लामा निषेधाज्ञा लगाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्