Logo
Logo

कोरोना संक्रमण भयावह, थप रणनीति बनाउँदै सीसीएमसी


दृष्टि संवाददाता


काठमाडौं । देशभर कोरोना भाइरसको संक्रमण बढेसँगै थप रणनीति तय गर्न कोभिड १९ संकट व्यवस्थान समिति (सीसीएमसी) को बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा पछिल्ला केही दिनदेखि कोरोना तीब्र गतिमा फैलिएपछि थप रणनीतिबारे छलफल भइरहेको हो ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले अपिल जारी गर्दै अस्पतालमा बिरामीको उपचारका लागि अब शय्या उपलब्ध हुन नसक्ने जानकारी गराएको छ। अहिले १५ जिल्लामा निशेधाज्ञा जारी गरिएको छ ।

तर संक्रमितको संख्या बढ्दै गएपछि यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सीसीएमसी छलफलमा जुटेको हो ।

प्रतिक्रिया दिनुहोस्