Logo
Logo

दूर्घटनाको १५ वर्षपछि भेटियो एयर डाइनेष्टिको हेलिकप्टरको अवशेष


दृष्टि संवाददाता


काठमाडौं ।नेपाली सेनाले धौलागिरी हिमालमा १५ वर्ष पहिले दुर्घटनामा परेको हेलिकप्टर र दुई वटा शव फेला पारेको छ।

धौलागिरी बेस क्याम्पदेखि २ हजार मिटर दक्षिणतर्फ माउण्टेन उपकरणसहितका २ वटा मानव अवशेष र सोही बेस क्याम्पबाट करिव १ किलोमिटर इटाली बेस क्याम्पतर्फ ९एन–एसीआर लेखेको हेलिकप्टरको अवशेष फेला परेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए।

नाइन एन ए सीआर कलसाइनको सो हेलिकप्टर सफाइ टोलीले फेला पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सँगै २ शव पनि भेटिएको छ । धौलागिरी बेस क्याम्पनजिकै ती शव र क्षतविक्षत अवस्थामा हेलिकप्टर भेटिएको हो ।

मृतकको पहिचान खुल्न नसकेकाले छानविन भइरहेको पौडेलले बताए । हेलिकप्टर धौलागिरी बेसक्यापबाट २ सय मिटर दक्षिणतर्फ माउन्टेन इक्यूपमेन्टसहित फेला परेको छ ।

हेलिकप्टरसँगै भेटिएको शवको व्यवस्थापन गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको समेत सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्