Logo
Logo
सीसीएमसीको निणर्य :

२२ नाका बन्द र एक चौथाइ शहरमा लकडाउन गर्न सिफारिस


दृष्टि संवाददाता


काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

शुक्रबार बसेको सीसीएमसीको बैठकले नाकाबाट आवतजावत जारी रहँदा नेपालमा कोरोना संक्रमण बढेको भन्दै भारतसँग सीमा जोडिएका २२ नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौंथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । यस्तै, निर्माणका हकमा कामदारलाई निर्माणस्थलमै राखेर बाहिर आउजाउ गर्न नपाउने गरी काम गर्न दिन प्रस्ताव गरिएको छ ।

यस्तै देशका एक चौथाइ शहरमा ‘लकडाउन’ गर्ने सीसीएमसीले प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्