Logo
Logo

निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा प्रयोग गरिने


दृष्टि संवाददाता


काठमाडौं । सरकारले निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा प्रयोग गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित सीसीएमसीको बैठकले निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा प्रयोग गर्ने जनाएको हो ।

यसरी प्रयोग हुने अस्पतालको सम्पूर्ण खर्च सरकारले बेहोर्ने समेत बैठकले निर्णय गरेको छ । यस्तै बैठकले संघीय मन्त्रीलाई प्रदेश समन्वय गर्ने गरी खटाउन मन्त्रिपरिषद्‍लाई समेत सिफारिस गरेको छ ।

यस्तै, कोरोनाभाइरस संक्रमणको स्थिति जटिल बन्दै गएको निष्कर्ष निकाल्दै निषेधाज्ञा लागु भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

यस्तै, क्वारेन्टिनसहित खुला राख्ने निर्णय भएका नाकाहरुमा काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, बिर्तामोड, गौर, वीरगंज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी छन् ।

प्रतिक्रिया दिनुहोस्