Logo
Logo

निषेधाज्ञा उल्लंघन गर्दै नापी कार्यालयभित्रै धुमधाम विवाह


हिक्मत बम


धनगढी । कैलालीमा प्रशासनले जारी गरेको निषेधज्ञा उल्लंघन गर्दै धुमधामसँग विवाह भएको छ ।

कोरोना महामारीको दोस्रो लहर फैलिएपछि कैलाली प्रशासनले बैशाख १६ देखि एक साताका लागि निषेधाज्ञा जारी गरेपनि निषेधाज्ञाकै उल्लंघन गर्दै धुमधामसँग विवाह गरिएको हो ।

प्रशासनले निषेधाज्ञा जारी गर्दै कसैले विहेको कार्यक्रम गर्न चाहे प्रशासनको अनुमति लिएर बढीमा १५ जनासम्म भेला हुन पाउने भनेपनि नापी कार्यालय कैलालीमा नियम उल्लंघन गर्दै विवाह सम्पन्न गरिएको छ ।

प्रशासनले जारी गरेको विज्ञप्तिमा विवाह सम्बन्धी व्यवस्था

सरकारी कर्मचारीले नै नियम उल्लंघन गर्दै कार्यालय हाताभित्रै कार्यालयका प्रमुख नापी अधिकृत सुदर्शन सिंह धामीको बहिनीको विवाह सम्पन्न गरिएको कार्यालयका कर्मचारीले बताए ।

यता, विवाहका सन्दर्भमा प्रशासनलाई कुनै पनि पत्र नआएको बुझिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने विवाह गर्नका लागि प्रशासनमा कुनैपनि लिखित पत्र नआएको र आफुले निर्देशन पनि नदिएको बताए ।

कार्यालय प्रमुखको आफ्नै घर नभएकाले बहिनीको विहे सरकारी कार्यालयमा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्