Logo
Logo

आत्मालोचित हुँदै वामदेव गौतमले भने- मबाट पनि गल्ती भएका छन्


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्ना गल्ती–कमजोरीप्रति आत्मालोचित हुँदै कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध बनाउन आग्रह गरेका छन् ।

शनिबार अन्तर्राष्ट्रि श्रमिक दिवस )मे डे)का अवसरमा नेता गौतमले आफूबाट पनि गल्ती कमजोरी भएका र त्यसलाई सच्याउन लागि परेको समेत बताएका छन् ।

‘आजको दिन कम्युनिस्ट आन्दोलनमा लागेका हामी सबै नेता–कार्यकर्ताहरुका लागि आफ्ना गल्ती–कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्छौं भनेर प्रतिवद्धता व्यक्त गर्ने दिन हो,’ गौतमले भनेका छन्, ‘मबाट पनि यस बीच केही कमजोरी र गल्ती भएका छन्, आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु। तिनलाई सच्याउन लागि परेको छु । भविष्यमा सबै क्रमशः स्पष्ट हुँदै जानेछन् ।’

अहिले श्रमजीवि वर्गका नेताहरुको सत्ता–स्वार्थप्रेरित क्रियाकलापबाट श्रमजीवि वर्गीय आन्दोलन छिया छिया भएको पनि बताएका छन् । नेताहरुले सत्ता–स्वार्थप्रेरित क्रियाकलाप नछाडे प्रतिगमन पुनःस्थापित हुने पनि गौतमले चिन्ता वक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्