Logo
Logo

अहिलेसम्मकै धेरै ५ हजार ७ सय ६३ जान कोरोना संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । शनिबार नेपालमा झन्डै छ हजार संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार नेपालमा ५ हजार ७ सय ६३ जना संक्रमित थपिएका हुन् ।

यो अहिलेसम्मकै सबैभन्दा उच्च संक्रमित हो । गत वर्षको अक्टोबर २१ मा नेपालमा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा थियो ।पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । कूल मृतक संख्या ३,२९८ पुगेको छ ।

सक्रिय संक्रमित संख्या ४३,२१३ पुगेको छ । पछिल्लो २४ घण्टामा १२८७ जना निको भएका छन् । नेपालमा कूल संक्रमित संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्