Logo
Logo

होटल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी डिपोर्ट हुँदै


दृष्टि संवाददाता


काठमाडौं । होटल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउने पनि सीसीएमसीले निर्णय गरेको छ।

होटल क्वारेन्टिन बस्नेहरुको नियमित अनुगमन गर्ने निर्णय गर्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पालना नगर्ने विदेशीलाई डिपोर्ट गर्ने निर्णय गरेको हो । सीसीएमसी बैठकले काठमाडौं उपत्यकामा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्तरुपमा होटल क्वारेन्टिनमा बस्नेहरुको अनुगमन गर्ने निर्णय भएको छ ।

होटल क्वारेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने संचालकलाई समेत प्रचलित कानुन अनुसार कारवाही गर्न सीसीएमसीले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्