Logo
Logo

पूर्वप्रधानमन्त्री खनाल अक्सिजनको ‘सपोर्ट’मा : नर्भिक हस्पिटल


दृष्टि संवाददाता


काठमाडाैं । नर्भिक इन्टरनेसनल हस्पिटलले पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनको सामान्य ‘सपोर्ट’मा राखिएको जनाएको छ ।

शनिबार साँझ एक विज्ञप्ति जारी गरी नर्भिकले उनलाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको र बाँकी स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको हो।

विज्ञाप्तिमा भनिएको छ– ‘कोरोना संक्रमण भई उहाँ शनिबार साँझदेखि नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो, उहाँलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ। बाँकी स्वास्थ्य अवस्था सामान्य छ।’

कोरोना संक्रमण भई उनी शनिवार साँझदेखि नर्भिक अस्पतालमा भर्ना भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्