Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : अहिलेसम्मकै धेरै कोरोना संक्रमितदेखि निषेधाज्ञा कडाइ गर्ने सरकारी तयारीसम्म


दृष्टि संवाददाता


हेडलाइन्स्

१. कोरोना महामारीले अवस्था भयावह, संक्रमित र मृतकको संख्या बढ्दो, शनिबार नेपालमा अहिलेसम्मकै धेरै ५ हजार ७ सय ६३ जना संक्रमित, पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु, संक्रमण नियन्त्रणका लागि देश अधिकाशंस शहरमा निषेधाज्ञा, सबै क्षेत्रमा निषेधाज्ञा कडाइ गर्ने तयारी ।

२. कोरोना संक्रमितको उपचार गर्न नसक्ने सरकारी धारणाको चौतर्फी आलोचना, सरकारले उपचार गर्न सक्दिन भनेर हात उठाउनु लज्जास्पद रहेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को प्रतिकृया, कोरोना संक्रमितका लागि बेड छैन भन्नु सरकारको लाचारीपन रहेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ, कोरोना संक्रमण नियन्त्रणमा सबै खाले शक्ति परिचालन गर्न सरकारसंग राष्ट्रिय प्रजातन्त्र पार्टीको माग ।

३. नयाँ भेरियन्टसहितको कारोना भाइरसको संक्रमण नियन्त्रणका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले ४ वटा शीर्षकमा १४ निर्णय गर्यो, काठमाडौं उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाहरुका एक चौथाइ शाखाहरुमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्नुपर्ने, अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरु एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्नुपर्ने ।

४. कोरोना संक्रमितको उपचारका लागि आइबार सम्ममा काठमाडौं उपत्यकाभित्र एक हजार वेड थप गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको भनाइ, सरकार जिम्मेवार रुपमा आफ्नो कर्तव्यपालमा रहेकाले आतंकित नहुन आग्रह, व्यवस्थापनमा केही समस्या भएता पनि सरकार नेपाली जनताको जीवन रक्षाका लागि कुनै कसर बाँकी राख्ने पक्षमा नरहेकाले हतोत्साहिन हुनुपर्ने कारणा नरहेको प्रतिकृया ।

५. कोरोनाबाट अति प्रभावित मुलुकसँगको हवाई सम्पर्क बन्द गर्न कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस, भारत, टर्की लगायतबाट आउने उडानबाट उच्च जोखिम भएका कारण ती देशबाट आउने उडान रोक्नसपर्नेमा जोड, टिकट आदिको व्यवहारिक पक्षहरुलाई हेरी एक–दुई दिनको समय राखेर कार्यान्वयन गर्ने गरी सरकारले निर्णय गर्नसक्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाइ ।

६. पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण, अक्सिजनको सामान्य ‘सपोट’सहित नर्भिक अस्पतालमा उपचार हुँदै, स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख ।

७. भारतका विभिन्न शहर कोरोना संक्रमणले भयावह बनेपछि सुदूरपश्चिमका सीमानाकाहरुमा दैनिक सयौं नेपाली घर फर्कदै, किट अभावका कारण सीमानाकामा एन्टिजेन परीक्षण रोकियो, एन्टिजेन परीक्षण नै नगरी भारतबाट आएका सयौं नेपाली गाउँ गाउँ पुग्न थालेपछि सुदूरपश्चिममा कोरोनाले भयावह रुप लिनसक्ने खतरा ।

८. नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन, पोलिटव्यूरो सदस्य कृष्णप्रसाद धमला नेतृत्वमा ‘जन समाजवादी मञ्च, नेपाल’ पार्टी कगठन, विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएको आरोप, अधुरो क्रान्ति सम्पन्न गर्न नयाँ पार्टी गठन गरिएको दावी, प्रतिबन्धित अवस्थामा रहेकै बेला धमलाले पार्टी परित्याग गरेकाले विभाजन नभएको विप्लवको प्रतिकृया ।

९. धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा, शनिबार भएको खेलमा एफसी चितवनलाई ३–० ले पराजित गर्दै शीर्ष स्थानको यात्रा तय, जितसँगै धनगढी ४ खेलबाट ७ अंक जोड्न सफल ।

१०. कोरोना संक्रमणको दोस्रो भेरियन्टबाट विश्वका विभिन्न मुलुक आक्रान्त, कोरोनाका कारण अवस्था भयावह बन्दै गएपछि भारतको नयाँ दिल्लीमा लकडाउनको अवधि थप, यसअघि ३ मेको बिहान ५ बजेसम्मका लागि गरिएको लकडाउन १० मे बिहान ५ बजेसम्म रहने, भारटबाट अमेरिका र अष्ट्रेलिया जान सम्बन्धित देशबाट रोक, आफ्नै देशका नागरिक आए पनि कडाइकासाथ क्यारेन्टिनमा बस्नुपर्ने आदेश ।

प्रतिक्रिया दिनुहोस्