Logo
Logo

५३ र ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने मारुती बन्यो नेपालकै पहिलो


दृष्टि संवाददाता


काठमाडौं । मारुती नेपालकै पहिलो ५३ र ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादक भएको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै नेपाल गुणस्तर तथा नापतौल विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्ट ५३ र ४३ ग्रेडको गुणस्तरीय ओपिस सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बन्न सफल भएको जानकारी दिएको छ ।


आजभन्दा १५ वर्ष अगाडि मारुती सिमेन्छ नेपालकै पहिलो तथा निजीस्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो । पूर्वाञ्चको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक जर्मनटेक्नोलोजीद्वारा अन्तर्राष्ट्रियस्तरको सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले यसअघि नै ४३ ग्रेडको ओपिस सिमेन्ट उत्पादन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्