Logo
Logo

कोरोनाबाट संविधानसभा सदस्य चौधरीको मृत्यु


दृष्टि संवाददाता



काठमाडौं । कोभिड–१९ का कारण दोस्रो संविधानसभाकी सदस्य रबनी चौधरीको मृत्यु भएको छ । उपचारका लागि अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको हो ।


लम्कीचुहा नगरपालिका–६ की चौधरीलाई उपचारका लागि धनगढी लैजाने क्रममै निधन भएको नेकपा एमालेका सांसद झपट रावलले जानकारी दिए । उनलाई आइतबार कोरोना पुष्टि भएको थियो ।


२०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फ सभासद भएकी चौधरी २०७४ सालको निर्वाचनमा एमालेका कैलाली क्षेत्र नम्बर २ का सभासद मोहनसिंह राठौरसँगै नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्