Logo
Logo

सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाबाट कोभिड–१९ का लागि अत्यावश्यक रकम नेपाल पठाउदा शुल्क नलाग्ने


दृष्टि संवाददाता


काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाले नेपालमा पुनः देखिएको कोभिड–१९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम ३० मिनेटभित्र तुरुन्तै पु¥याउने योजना ल्याएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकवर्गले रकम पठाउँदा नेपालभरि रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ । रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको वेबसाइट (www.cityexpressmoneytransfer.com.au) बाट पठाउन सकिन्छ ।

कोभिड–१९ का कारण यस बिषम परिस्थितिमा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकहरुलाई केही अत्यावश्यक सुविधा दिने सोचले योे योजना ल्याएको सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाका डाइरेक्टर समिप कटवालले जनाएका छन् । हाल अष्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफर सबैभन्दा छिटो बढ्दै गरेको नेपाली रेमिटान्स ब्रान्ड बन्दै गएको छ । सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्