Logo
Logo

माओवादीले चुनावमा सघाएकाले सोही पार्टी रोजेकी हुँः प्रदेश सांसद केसी


दृष्टि संवाददाता



काठमाडौं । लुम्बिनी प्रदेशको राजनीतिमा तरंग ल्याउने प्रदेश सभा सदस्य विमला वलीले आफ्नै इच्छाले माओवादी केन्द्र रोजेको बताएकी छिन्। अपहरणमा परेको लगायत अनेक हल्लाकाबीच पत्रकार सम्मेलन गरेर आफू खुसीसाथ माओवादी भएको बताइन्। निर्वाचनको बेला एमाले भन्दा आफुलाई माओवादीले धेरै सहयोग गरेको उनको भनाई छ ।


‘निर्वाचित भएको बेला मैले एमाले र माओवादी भन्ने पनि चिन्दैथेँ। तर, निर्वाचित भएपछि मैले माओवादीबाटै धेरै सहयोग पाएँ। त्यसैले कसैले आउनुपर्छ भनेर होइन, मेरै इच्छाले नै मैले माओवादी रोजेको हो’, वलीले भनिन्।

उनले आफू निर्वाचित हुँदै गर्दा पार्टी एक रहेको र नेकपाबाट निर्वाचन जितेको स्मरण गरिन्। ‘मेरो श्रीमान् एमालेबाट निर्वाचित हुनभएको थियो। म सामान्य गृहणी, श्रीमान्को निधनपछि एकाएक आएँ। त्यतिबेला मैले एमाले र माओवादी भन्ने पनि चिन्दैथेँ’, उनले भनिन्।
उनी माओवादी गएपछि उनको सांसद पद के हुने भने अन्योल छ । उनी माओवादी लागेपछि शंकर पोखरेल नै फेरि मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्