Logo
Logo

थप संकटमा शंकर पोखरेल, तीन सांसदले दिए राजीनामा


दृष्टि संवाददाता



वुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन सांसदले राजीनामा दिएका छन् । शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएका हुन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन्। आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको सांसद पाण्डेयले जानकारी दिए ।

। अन्य दुई सांसदले राजीनामा दिने बताएका छन् । तर, दिएका छैनन् । तर, उनीहरुले शंकर पोखरेललाई सहयोग नगरी विपक्षी गठबन्धनलाई सघाउने निर्णय गरिसकेका छन् ।


पोखरेल प्रदेश सभामा एकल बहुमत भएको आधारमा आइतबार नै मुख्यमन्त्री नियुक्त भएका थिए । तर, चार सांसद एमालेबाट हटिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्