Logo
Logo

युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौैडेललाई नियुक्त गरिएको छ । उनको नियुक्तिसँगै बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी छन् भने अर्कोतर्फ हालसम्मकै कम उमेर अर्थात् ३४ वर्षको उमेरमा उक्त गरिमामय पदमा बहाल हुन सफल भएकी छन् ।

विगत एक दशकभन्दा बढी कार्य अनुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयको फेकल्टी अफ मेनेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबिएसम्मको अध्ययन पूरा गरेकी उनले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनी युनाइटेडमा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिरहेकी थिइन् । उनको कार्यसम्पादनप्रति सन्तुष्ट कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट सम्भव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको टिमवर्कलाई विशेष ध्यान दिने र उनको आगमनसँगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा थप उचाइमा पुग्ने कुरामा विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्