Logo
Logo
ब्रेकिङ

प्रधानमन्त्रीले विश्वासको मत लिने


दृष्टि संवाददाता


न्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएका हुन् ।

बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएका छन् । आइतबार मात्रै प्रधानमन्त्री अ‍ोलीले राष्ट्रपतिसँग भेट गरेका थिए ।

अधिवेशन बोलाएर वैशाख २७ गते सदनबाट विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी छ ।

संविधानको धारा ७६ ९१० अनुसारको प्रतिनिधिसभामा बहुमत प्राप्त दलको प्रधानमन्त्रीको त्यो हैसियत अब समाप्त भएको छ। सर्वोच्चको पछिल्लो फैसलाअनुसार ओली संविधानको धारा ७६ ९२० को प्रधानमन्त्रीका रुपमा छन्।

माओवादीले अहिलेसम्‍म समर्थन फिर्ता लिने निर्णय गरेको छैन। समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपपर्ने व्यवस्था छ। विश्वासको मत पाउन नसके आफ्नै नेतृत्वमा अल्पमतको सरकार बन्‍ने र त्यसपछिको राजनीतिक भ्याकुमलाई उपयोग गर्दै प्रतिनिधिसभा विघटन गर्ने रणनीतिमा ओली देखिन्छन्।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्‍न १ सय ३८ सांसदको समर्थन चाहिन्छ। यसमा केही निलम्वित र केही निधनले गर्दा रिक्त छन्। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१ (२ निलम्वित), माओवादी केन्द्रका ४९ (चारजना एमालेतिर फर्केको) र जसपाका ३४ सांसद छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्।

ओलीलाई सुरक्षित हुन जसपाको साथ चाहिन्छ। तर जसपाले अहिलेसम्म औपचारिक निर्णय गरेको छैन।

प्रतिक्रिया दिनुहोस्