Logo
Logo

आन्तरिक हवाइ उडान बन्द गर्ने सरकारको निर्णय


दृष्टि संवाददाता


काठमाडाैं । सरकारले आइतवार रातिबाट आन्तरिक हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा उडान बन्द गर्ने निर्णय भएको हो ।

मन्त्रिपरिषद् बैठकले उडान बन्द गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । यसअघि सीसीएमसीले आन्तरिक हवाइ उडान सँगसँगै कोरोना बढी प्रभावित देशका बाह्य उडान समेत बन्द गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्