Logo
Logo

वैशाख २७ मा संसद अधिवेशन बोलाउन सिफारिस


दृष्टि संवाददाता


काठमाडौं । सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २७मा अधिवेशन बोलाउन सिफाििरस गरेको हो ।

२७ गतेको बैठकमा विश्वासको मत लिने निर्णय गर्दै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राष्ट्रपतिलाई अधिवेशन बोलाउन सिफारिस गरेका हुन् । प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकीन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् । हाल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

प्राविधिक रुपमा सरकार बहुमतमा रहे पनि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।

२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । एमालेको १ सय २१ सांसद छन् भने कांग्रेसका सांसद अफताब आलम र विजयकुमार गच्छदार निलम्बित रहेकाले सांसद संख्या ६१ छ । माओवादी केन्द्रका ५३ मध्ये एमाले प्रवेश गरेका लेखराज भट्ट, टोपबहादुर रामयमाझी, गौरीशंकर चौधरी र प्रभु शाहको पद खोसिएसँगै संख्यसँगै संख्या ४९ छ ।

यस्तै, समाजवादी पार्टीका १६ र तत्कालीन राजपाका १७ सांसद छन् । हाल पार्टी एक भएकाले संसदमा संख्या जोड्दा ३३ हुन आउँछ । यद्यपी, रेशम चौधरी पनि निलम्बित र जेलमा रहेकाले संख्या ३२ छ । यि बाहेक बाबुराम भट्टराई, छक्कबहादुर लामा, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राप्रपा सांसद राजेन्द्र लिङदेन स्वतन्त्र सांसदको हैसियतमा छन् ।

यो अंकगणित हेर्दा संसदमा अहिले कायम सांसद संख्या २६८ हो । अब प्रधानमन्त्री ओलीलाई विश्वासको मतका लागि १ सय ३४ मतको आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्