Logo
Logo

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

उनले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । आतइतबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २७ मा अधिवेशन बोलाउन राष्ट्रपतिसामु सिफारिस गरेको थियो ।

प्रतिनिधि सभा पुन: स्थापनापछि चलेको हिउँदे अधिवेशन कामै नगरी अन्त्य भएको थियो । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेपछि २३ फागुनमा हिउँदे अधिवेशन शुरू भएको थियो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए । उक्त निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको निवेदनमा फैसला सुनाउँदै ओलीको कदम असंवैधानिक भएको भन्दै पुनस्स्थापना गरिदिएको थियो । हिउँदे अधिवेशन राम्रोसँग चल्न नसकेपछि सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्