Logo
Logo

कुलप्रसाद रेग्मीलाई तत्काल नियक्त गर्न प्रचण्डको माग


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशमा तत्कालै कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न माग गरेका छन् । आइतबार बेलुका एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखलाई गल्ती सच्याउन प्रचण्डले माग गरेका हुयस्तो माग गरेका हुन् ।

प्रचण्डले विज्ञप्तिमा राजीनामालाई सकारात्मक रुपमा लिन सकिने उल्लेख गरेका छन् । तर अल्पमतमा रहेका व्यक्तिले नै पुनः संविधानको धारा १६८ (१) अनुरुपका सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन अनैतिक र असंवैधानिक भएको प्रचण्डको ठहर छ ।

प्रचण्डले नियुक्त बदर गर्न माग गरिरहँदा शंकर पोखरेलले भने सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्