Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : प्रधानमन्त्रीले विश्वासको मत लिनेदेखि शंकर पोखरेल पुनः मुख्यमन्त्री बनेकोसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा वैशाख २७ का लागि संसद अधिवेशन आह्वान, संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने, प्रधानमन्त्रीले चाहेमा जुनसुकै समयमा पनि विश्वासको मत लिन सक्ने प्रावधान, संसदीय अंकगणितले प्रधानमन्त्री ओलीलाई भने छैन सहज ।

२. लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएको १० घण्टामै शंकर पोखरेलले पुनः लिए मुख्यमन्त्रीको सपथ, राजीनामा दिई, बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा सरकार गठनका लागि ४१ सांसदको हस्ताक्षर बुझाएका आधारमा प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीमा नियुक्त, नियुक्ति बदरको माग गर्दै कांग्रेस सांसद प्रदेश प्रमुखको कार्यालयमै धर्नामा, विधि र पद्दति मिचिएकोमा कांग्रेस असन्तुष्ट, कुलप्रसाद रेग्मीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न नेकपा माओवादी केन्द्रको माग ।

३. नेपालमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए, आइतबार एकै दिन ७ हजार १ सय ३७ जनामा कोरोना पुष्टि, अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई समेत बोलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन, अक्सिजन सकिँदा दाङको बेलझुण्डी अस्पतालका ५० बढी बिरामीको स्वास्थ्यमा समस्या, देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार नाघ्यो ।

४. काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा जारी निषेधाज्ञामा कडाई गर्ने मन्त्रिपरिषदको निर्णय, बढ्दो कोभिड संक्रमण रोकथामका लागिसोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गरिने, वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान समेत रोकिने, सोमबारदेखि साँझमा कुनै पनि पसल खोल्न नदिने समेत निर्णय, बैँक तथा वित्तीयको अनावश्यक मुभमेन्टलाई समेत रोक्ने निर्णय ।

५. सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै, निषेधाज्ञालाई कडाइ गर्न थप केही क्षेत्रमा निषेध गर्ने गरी बैठक बस्दै, सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाका कर्मचारीको आवतजावतमा पनि कडाइ गर्ने तयारी, एक चौथाइ कार्यालय मात्र खेलेर सीमित कर्मचारीबाट सेवा प्रवाह गर्न दिने तयारी, अत्यावश्यक बाहेकका केही कार्यालय बन्द गर्ने विषयमा पनि छलफल हुने ।

६. जनताको जीवन रक्षा यतिबेला सरकारको सर्वाधिक प्राथमिकतामा रहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको दावी, कोभिड–१९ विरुद्धको अभियानमा साथ दिन सबैसँग अपिल, कोभिड–१९ को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भनाइ, वातावरण सहज पार्न र पूर्वाधारहरु बढाउन प्रदेश सरकार र स्थानीय तहसँग पनि थप समन्वय भइरहेको जानकारी ।

७. जनता समाजवादी (जसपा) को लुम्बिनी प्रदेश सभाका चार जना प्रदेशसभा सदस्यहरुको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार, मन्त्री बनेपछि पार्टीबाट पदमुक्त भएका सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल पदमुक्तको निर्णयविरुद्ध रिट निवेदन भाइरस संक्रमणको महामारीका कारण बन्दी प्रत्यक्षीकरण र कोरोना भाइरससँग सम्बन्धित निवेदन बाहेक अन्य विषयका निवेदन दर्ता नहुने भएका कारण दर्ता गर्न अस्वीकार ।

८. निषेधाज्ञापछि नै १ सय ६० अंकले बढ्यो सेयर बजार, कारोबार साढे ७ अर्बको, नयाँ रेकर्ड छुने अनुमान, सबै शाखा खुलेकाले बैंकमा भीडभाड घट्यो, २५ प्रतिशतभन्दा कम कर्मचारीले सेवा प्रवाह गर्दै, हकप्रद निष्काशनको अनुमति माग्दै छ्याङ्दी हाइड्रोपावर पुग्यो धितोपत्र बोर्ड, सिईडिबि हाइड्रोपावरको आईपीओमा आठ गुणा बढी आवेदन ।

९. पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले बराबरी खेल्दै अंक बाडे, टीम जीत विहीन भएसँगै ललितपुरका प्रशिक्षक हुमागाईद्वारा राजीनामा, एटलान्टा बराबरीमा रोकिँदा इन्टर मिलान ११ बर्षपछि सिरी ए को च्याम्पियन, इण्डियन प्रिमियर लिगमा बट्लरको शतकमा राजस्थानको तेस्रो जीत, सनराईज हैदराबाद ५५ रनले पराजित ।

१०.र, विश्वभर ३२ लाखभन्दा धेरै संक्रमितको मृत्यु, दोस्रो लहरको ‘हटस्पट’ भारत, दक्षिण चीन सागरस्थित आफ्नो क्षेत्रमा चिनियाँ अवैध गतिविधिको भियतनामद्धारा निन्दा, भारत पश्चिम–बंगालमा ममता बेनर्जीको तृणमूल कंग्रेस अत्याधिक बहुमततर्फ, मोदीको भाजपालाई सय सीट कटाउन गाह्रो, अफगानिस्तानबाट अमेरिकी सेना फर्किन थाले ।

प्रतिक्रिया दिनुहोस्