Logo
Logo

जनतालाई भोक र रोगबाट बचाउन युवा संघको माग


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्नका लागि केपी शर्मा ‌ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकाल्दै युवा संघले जनतालाई भोक र रोगबाट बचाउन माग गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका सम्बन्धमा युवा संघका अध्यक्ष नरेशकुमार शाहीले आइतबार एक विज्ञप्ति जारी गर्दै १० बुँदे माग राखेका हुन् ।

युवा संघेल तत्काल आइसियू वेड बढाउन तथा अक्सिजनको प्रर्याप्त व्यवस्था गनुपर्ने, नीजि अस्पतालहरूलाई कोभिड १९ अस्पताल बनाउनुपर्ने, कालोबजारीको नियन्त्रण गुर्नपर्ने माग गरेको छ । कोभिड बिरामीको उपचारको लागि आइसियू, भेन्टिलेर, अक्सिजनको पर्याप्त मात्रामा अविलम्ब व्यवस्था गर्नुपर्ने पनि संघकाे माग छ । संङले स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीहरूलाई सेवा र सुविधा थप गर्न एवं प्रोत्साहन भत्ताको विशेष व्यवस्था गर्न माग गरेको छ ।

कोरोनाले भयवाह हुँदा पनि सरकार गैरजिम्मेवार भएको संघको आरोप छ । ‘संवेदनशिल अवस्थामा सरकार अत्यन्त गैरजिम्मेवार देखिएको छ,’ अध्यक्ष शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ यो सरकारले तल्लो तहका नागरिकको जिवन रक्षाको लागि कुनै योजना तर्जुमा गर्न सकेको छैन ।’

आफ्ना कमजोरी लुकाउन सरकारले निशेधाज्ञा र लकडाउनको साहरा लिएको संघकाे आरोप लगाएको छ । ‘गैरजिम्मेवार र असक्षम सरकार आफ्ना कमजोरी लुकाउन अन्य कुनै योजना र रणनीति विना निशेधाज्ञा र लकडाउनको साहरा लिन पुगेको छ,’ संघले भनेको छ ।

लकडाउनको कारण र सरकारको उदासिनताले मजदुर एवं अत्यावश्यक कामले घर बाहिर निस्कनु पर्नेहरुले हदैसम्मको दुःख र सास्ती भाेगिरहेकाे जनाउँदै गरिब, किसान, मजदुर एवं अत्यावश्यकीय कामले घरबाहिर जाने यात्रुहरूलाई सहजता बनाउन संघले सरकारसँग आग्रह गरहेकाे छ ।

संघले कोभिडको कारणले धरासायी बनेको साना तथा मझौला व्यवसायिक क्षेत्रहरूलाई राहात तथा सहयोगको प्याकेज घोषणा तत्काल गर्न माग गरेकाे छ । त्यस्तै भारतसँग जाेडिएका नाकाहरूमा व्यवस्थित गर्नुपर्ने र भारतमा रहेका नेपालीहरूको उद्धार गर्नेपर्ने संघकाे माग रहेकाे छ । केन्द्र, प्रदेश र स्थानीय सरकारहरूले अनिवार्य कोभिड परिक्षण र प्रयाप्त मात्रामा व्यवस्थित क्वारेन्टाइन निर्माण गर्नुपर्ने संघको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्