Logo
Logo

पूर्व डिएसपीलाई बलात्कार मुद्दामा सफाई


दृष्टि संवाददाता



काठमाडौं । बलात्कारको अभियोगमा जेल परेका नेपाल प्रहरीका एक पूर्व डिएसपीलाई अदालतले सफाई दिएको छ । जिल्ला अदालत ललितपुरले पूर्व डिएसपी राज कुमार खिउजुलाई सफाई दिएको हो ।


ललितपुर जिल्ला अदालतका न्यायाधीश देवबहादुर गिरीको इजलाशले गत ९ बैशाखमा उनको मुद्दामा फैसला गरेका हुन् । फैसलामा पीडितको दाबी नपुगेको उल्लेख गरेका छन् ।
डिएसपी खिउजु महानगरीय प्रहरी वृत्त चापागाउँको इन्चार्ज हुँदा एक सेवाग्राही युवतीलाई बलात्कार गरेको जाहेरी परेको थियो । आफूविरुद्ध उजुरी परेलगत्तै उनले राजीनामा दिएका । गत वर्ष फागुनमा उनलाई ललितपुर परिसरले पक्राउ गरेको थियो । सुरुमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्