Logo
Logo

डिआइजी धानुकमाथि कारबाही गर्न महिला सांसदको माग


दृष्टि संवाददाता



काठमाडौं ।
लुम्बिनी प्रदेशका डिआइजी रबिन्द्र धानुकमाथि कारबाही गर्न महिला सांसदहरूले माग गरेका छन् । उनले आइतबार महिला सांसदका संवेदनशील अंगमा हातपात गरेको आरोप लागेको छ ।


नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले बिज्ञप्ती निकाली धानकुमाथि कारबाही गर्न माग गरेका हुन् । शंकर पोखरेल अल्पमतमा रहेकाले उनको सपथ रोक्न माग गरी प्रदेश प्रमुखको कार्यालमा गएका सात जना महिला सांसदलाई डिआजी धानुक बल प्रयोग गरी दुव्र्यवहार गरेका थिए । पोखरेलको निर्देशनमा त्यसरी उनले बल प्रयोग गरेका थिए । बल प्रयोग गर्दा महिला सांसदमाथि दुव्र्यवहार भएको आरोप लागेको छ ।


पछिल्लो समय गृह प्रशासन तथा प्रहरीमा सरकारको हस्तक्षेप बढेको छ । त्यसैको परिणाम रुपन्देहीमा देखिएको छ । यसअघि अर्थमन्त्री विष्णु पौडेलको आदेशअनुसार काम नगरेको भन्दै रुपन्देहीका सिडिओ र एसपीको सरुवा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्