काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले समसामयिक विषय र कोभिड-१९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।
दिउँसो साढे ३ बजे कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।