Logo
Logo

मन्त्रिपरिषद् बैठकः दुई प्रदेशका प्रदेश प्रमुख हटाउन सिफारिस


दृष्टि संवाददाता



काठमाडौं । मन्त्रिपरिषद्को बैठकले दुई प्रदेशका प्रदेश प्रमुख हटाउन सिफारिस गरेको छ ।

सोमबार बसेको बैठकले गण्डकीका अमिक शेरचन र सुदुरपश्चिम प्रदेशकी शर्मिला पाठकलाई हटाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो । दुवै जना माओवादी केन्द्र निकट हुन् ।

बैठकले गण्डकीमा सीता पौडेल र सुदुरपश्चिम प्रदेशमा गंगा यादबको नियुक्ति सिफारिस गरेको छ । यादब पूर्व उपसभामुख हुन् । आजै उनीहरुलाई राष्ट्रपति कार्यालयमा सपथ खुवाउन लागिएको छ ।


यसअघि प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारलाई हटाएर राजेश अहिराजलाई नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्