Logo
Logo

लुम्बिनीमा दुई मन्त्री पुन:नियुक्त


दृष्टि संवाददाता


वुटवाल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले सांसदबाट पदमुक्त भएका कल्पना पाण्डे लम्साललाई शिक्षा तथा सामाजिक विकास मन्त्री र सुमन शर्मालाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा पुन:नियुक्त गरेका हुन् ।

नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । यस्तै, राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएपछि जसपाका अन्य दुई नेतालाई समेटेर आइतबार साँझ नै मन्त्रिपरिषद् विस्तार गरेका थिए । आज थप गरिएसँगै मन्त्रीमण्डल ७ जनाको पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्