Logo
Logo

गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ


दृष्टि संवाददाता


काठमाडौँ । गण्डकी र सुदूरपश्चिमका नवनवियुक्त प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए । पौडेल र यादवले संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथ लिएका राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिला पन्तलाई पदमुक्त सिफारिस गरेको थियो । उक्त सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले दुवैलाई पदमुक्त गरेकी थिइन् ।

मन्त्रिपरिषद्को सोही बैठकले प्रदेश प्रमुखमा पौडेल र यादवलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्