Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोना संक्रमण उच्च विन्दुमा देखि गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख परिवर्तन सम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. २४ घण्टामा ७ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि, १६ हजार ६ सय ५८ पीसीआर परीक्षणबाट ७ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा मात्रै ३ हजार ६ सय बढी, २४ घण्टामा ३७ जनाको मृत्यु, पशुपति आर्यघाटमा शव जलाउन चुनौती भएपछि बागमती किनारमै दाहसंस्कार गरियो ।

२. सोमबारबाट आन्तरिक उडान वैशाख मसान्तसम्म बन्द, उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउन आवगमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने,संक्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लंघन भएको भन्दै थप कडाइ गर्ने तयारी, अत्यावश्यक र अनुमति दिइएका सेवा प्रवाहका लागि सीमित सवारी पास मात्रै जारी गर्ने, बैंक तथा वित्तीय संस्थाका हकमा एउटा चारपांग्रे र एउटा दुईपांग्रे सवारी चलाउन दिइने एवं सरकारी कार्यालयमा रहेका सवारीमध्ये ५० प्रतिशत मात्रै सञ्चालनमा ल्याउने ।

३. मन्त्रिपरिषद्द्वारा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिला पन्तलाई पदमुक्त गर्न सिफारिस, गण्डकी प्रदेश प्रमुखमा सीताकुमारी पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादव नियुक्त, दुवै जनाले लिए राष्ट्रपतिसमक्ष शपथ, पदमुक्त गरिएका दुवै प्रदेश प्रमुख माओवादी कोटाका ।

४. जनता समाजवादी पार्टीबाट मन्त्री नियुक्त भएका लुम्बिनी प्रदेशका २ मन्त्रीहरुको सोमबार पद तथा गोपनियताको सपथ, समानुपातिक सदस्य कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रीका रुपमा सपथ, समानुपातिककै सदस्य सुमन शर्मा रायमाझीद्वारा भौतिक पूर्वाधार विकास राज्य मन्त्रीमा सपथ ग्रहण, लुम्बिनी प्रदेशका बहुमत सांसदहरूले मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशभर बहिस्कार गर्ने निर्णय ।

५. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको दावी,सबै नागरिकलाई खोप दिने प्रतिबद्धता व्यक्त, कोरोना नियन्त्रण गर्न सरकारले चालेको कदमलाई सहयोग गर्न अपिल, महामारीबाट अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन सरकार सचेत रहेको भनाइ ।

६. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वैशाख २७ का लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनका विषयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल, सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर बैठक सञ्चालन गर्न सकिने सुझाव, बैठक सञ्चालन गर्नुअघि सबै सांसदको कोरोना संक्रमण परीक्षण गर्न, बोल्दा मास्क नखोल्न, बसेको सिट परिवर्तन नगर्न पनि सुझाव, विज्ञको सुझावलाई कार्यव्यवस्था परामर्श समितिमा पेश गरिने ।

७. सरकारद्वारा श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ निर्धारण, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा २०७८ साउन १ गतेबाट लागू हुने भन्दै सोमबार राजपत्रमा सूचना प्रकाशित, श्रम ऐन २०७४ को दफा १०६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी चिया बगान बाहेकका श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक निर्धारण ।

८. ३० अंकसम्म उचालिएको सेयर बजार अन्ततः १२ अंकले घटेर बन्द, महिला लघुवित्तमा ३२ दिनदेखि सर्किट, चौथो त्रैमासदेखि लघुवित्त कम्पनीहरुले पनि एनएफआरएस प्रणालीमा वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने, कोरोना कहरमा सेयर बजारमा आकर्षण बढ्दा डिम्याट खाता खोल्नेको संख्या ३५ लाख नाघे, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले विकास बैंकलाई कोरोना महामारीविरुद्ध आवश्यक सजकता अपनाउन निर्देशन ।

९. नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एसोसिएट राष्ट्रहरुमा शीर्ष स्थानमा, अन्तर्राष्टिय क्रिकेट परिषद् (आईसीसी) द्वारा ट्वान्टी–२० अन्तर्राष्ट्रिय विश्व वरीयतामा नेपाल एक स्थानमाथि उक्लेर १३ औं स्थानमा, आईसीसीद्वारा गाम्बिया, घाना, हंगेरी सिएरा लियोन र स्वीडेनलाई वरियताबाट हटाइयो, विराटनगर सिटी एफसीको जारी नेपाल सुपर लिगमा दोस्रो जित दर्ता, जितसँगै शीर्र्ष स्थानमा उक्लियो, एफसी चितवनदुई शुन्यले पराजित, खेलाडीमा कोरोना संक्रमण भएपछि सोमबारको निर्धारित आइपीएल स्थगित ।

१०.र, भारतमा २४ घण्टामा ३ लाख ७० हजार संक्रमित, ३४ सय २२ को मृत्यु, भारतको कर्नाटकमा अक्सिजन नपाउँदा २४ संक्रमितको मृत्यु, बंगलादेशमा डुङ्गा दुर्घटना हुँदा २६ जनाको मृत्यु, कैयौं बेपत्ता,रसियाले विकास गरेको खोपको दुई करोड ६० लाख डोज चीनमा उत्पादन हुने, साढे एक लाख रुसी ‘स्पुतनिक भी’ खोप भारत आइपुग्यो ।

प्रतिक्रिया दिनुहोस्