Logo
Logo

बालुवाटारको निगरानीमा सांसद

दृष्टि संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै देशको राजनीति नयाँ मोडमा प्रवेश गरेको छ । सकेसम्म विश्वासको मत लिएर अझै डेढ वर्ष सरकार चलाउने नभए आगामी मंसिरमा मध्यावधि निर्वाचन गर्ने ओलीको योजना छ । दुवै रणनीति आफ्नो लागि फाइदाजनक हुने देखेपछि ओलीले यस्तो निर्णय गरेका हुन् ।

यो रणनीतिपछि माधव नेपाल पक्ष पनि नयाँ रणनीतितर्फ लागेको छ । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको अवस्थामा माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सक्थे । त्यो सम्भावना रोक्नका लागि ओलीले नयाँ चाल खेलेका हुन् ।

ओलीलाई विश्वासको मत पाउन १३५ सांसद चाहिन्छ । एमालेसँग १२१ छन् । जसपाको महन्थ ठाकुर पक्षसँग १४ सांसद छन् । जसपाकै एक १/२ सांसद थपेर विश्वासको मत उनले लिन सक्ने अवस्था छ । तर, ठूलो डर माधव नेपाल पक्षमा सांसदमाथि छ । त्यसकारण उनले माधव नेपाल पक्षका सांसदहरुमाथि निगरानी थालेका छन् । उनीहरुको मोबाइलको गोप्य विवरणसमेत ओलीले रेकर्ड गराउन थालेको स्रोत बताउँछ ।

नेपालमा फोन ट्यापिङको प्रविधि छैन । तर, कल डिटेल र एसमएसको भने चरम दुरुपयोग हुँदै आएको छ । ओलीले केही गुप्तचर लगाएर समेत माधव नेपाल र उनका नेताहरुको भेटघाटबारे एक–एक सूचना संकलन गर्दै आएका छन् । अबका केही दिन झन् निगरानी बढाइएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्