Logo
Logo

प्रधानमन्त्रीसँग फोटो खिच्ने हिरासतमा


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कुन हदसम्म माफियासँग घेरिएका छन् भने कुरा हालै एक व्यापारी पक्राउ भएबाट प्रष्ट भएको छ । बंगलादेशमा एमबिबीएस अध्ययनका लागि एसएलसीको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोहका नाइकेसँग प्रधानमन्त्री ओलीको उठबस देखिएको छ ।

बागबजारस्थित ग्लोबल एजुकेसन काउन्सिलिङ कन्सल्टेन्सीका सञ्चालक सागिर अहमद खानको प्रधानमन्त्री ओलीसँग निकटता देखिएको हो । खानले ओलीसँग सँगै बसेर खिचेका फोटोहरु फेसबुकमा राखेका छन् । पक्राउ परेलगत्तै उनले ओलीका सहयोगीलाई फोन गर्न लगाएका थिए ।

एमबिबीएस अध्ययन गरी विभिन्न अस्पतालमा कार्यरत सातजना चिकित्सक सिआइबी हिरासतमा छन् । मोरङ विराटनगर महानगरपालिका– ५ सम्झनाचोक बस्ने सप्तरी विष्णुपुर गाउँपालिका– २ घर भएका २८ वर्षीय मोहमद सिद्दिकी, महोत्तरी सरपल्लो– ६ घर भएका धनुषा जनकपुर उपमहानगरपालिका– ७ जिरोमाइल बस्ने २९ वर्षीय सुभाषप्रसाद साह, ललितपुर, ललितपुर महानरगपालिका– २ महालक्ष्मीथान बस्ने धनुषा सबैला नगरपालिका– ५ घर भएका २८ वर्षीय मोहम्मद शाहिद राजा हाल सिआइबी हिरासतमा छन् ।

सयौं विद्यार्थीको नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बंगलादेश अध्ययनका लागि उनले पठाएको सिआइबी अनुसन्धानमा खुलेको छ । नक्कली सर्टिफिकेट बनाएर कमाएको पैसा नै नेताहरुलाई बुझाएर उनी नेताहरुसँग निकट भएका थिए । नक्कली प्रमाणपत्र बनाइदिने बागबजारकै ज्योतिदीप कन्सल्टेन्सीका सञ्चालक अरुण चौधरीलाई पनि सिआइबीले पक्राउ गरिरहेको छ । दुवैको मुद्दा कमजोर बनाउन सिआइबीमाथि बालुवाटारबाट दबाब आइरहेको छ ।

बंगलादेशमा अध्ययन गर्नका लागि प्लस टुसँगै एसएलसीमा पनि उत्कृष्ट नम्बर ल्याएको हुनुपर्ने प्रावधान छ । त्यसै कारण उनीहरूले नम्बर थपेर नक्कली प्रमाणपत्र बनाउँदै विद्यार्थीलाई बेच्दै आएका थिए । त्यही प्रमाणपत्रका आधारमा बंगलादेशमा अध्ययनका लागि मेडिकल काउन्सिलबाट अनुमति लिएका थिए ।

त्यसरी एमबिबीएस अध्ययन गरी विभिन्न अस्पतालमा कार्यरत सातजना चिकित्सक सिआइबी हिरासतमा छन् । मोरङ विराटनगर महानगरपालिका– ५ सम्झनाचोक बस्ने सप्तरी विष्णुपुर गाउँपालिका– २ घर भएका २८ वर्षीय मोहमद सिद्दिकी, महोत्तरी सरपल्लो– ६ घर भएका धनुषा जनकपुर उपमहानगरपालिका– ७ जिरोमाइल बस्ने २९ वर्षीय सुभाषप्रसाद साह, ललितपुर, ललितपुर महानरगपालिका– २ महालक्ष्मीथान बस्ने धनुषा सबैला नगरपालिका– ५ घर भएका २८ वर्षीय मोहम्मद शाहिद राजा हाल सिआइबी हिरासतमा छन् ।

मनाङ साबिक चामे गाविस– ५ का ३१ वर्षीय दीपेन्द्र गौतम, मोरङ विराटनगर महानगरपालिका– ३ बरगाछी बस्ने सप्तरी सकरपुरा– १ घर भएका ३१ वर्षीय अखिलेशकुमार देव, भक्तपुर मध्यपुर ठिमी– २ आदर्श बस्ती बस्ने महोत्तरी मनरा– ५ घर भएकी २७ वर्षीया पल्लवी सिंह र ललितपुर महानगरपालिका– २ सानेपा बस्ने २९ वर्षीय फराज हुसेन खाँलाई हिरासतमा राखेर सिआइबीले लिखतसम्बन्धी कसुर मुद्दामा कारबाही अघि बढाएको छ ।

यस्तो घिनलाग्दो अपराधमा संलग्नसँग समेत प्रधानमन्त्री ओलीका सल्लाहकारहरुको निकटताले प्रहरीहरु आश्चर्यमा परेका छन् । हुन त ओलीले बिचौलियाका रुपमा चिनिने विवादास्पद व्यापारी मोतीलाल दुगडलाई आर्थिक सल्लाहकार नै बनाएर बिचौलियाको काम गरिरहेका छन् । दुर्गा प्रसाईँलगायत विवादास्पद व्यक्ति त ओलीका प्रिय हुने नै भए ।

प्रतिक्रिया दिनुहोस्