Logo
Logo

एसओएस : मामाको धन फूपूको श्राद्ध


दृष्टि संवाददाता


काठमाडौं । करिब ४५ वर्ष अगाडि भक्तपुरको सानोठिमीमा स्थापना भएको एसओएस बालग्राम बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय गैरसरकारी संस्था हो । संसारभरिका १३० भन्दा बढी देशहरुमा फैलिएर रहेको यो संस्था नेपालमै पनि १० ठाउँमा स्थापना भइसकेको छ । अन्तराष्ट्रिय दाताहरुबाट सञ्चालित उक्त संस्थामा बालबालिकाहरु आवासीय सेवासमेत लिइरहेका छन् । नेपालमा करिब ७०० कर्मचारी यो संस्थामा कार्यरत रहेका छन् ।

एसओएस बालग्राममा भने व्यापक भ्रष्टाचार भएको समाचार छ । २०७२ सालको विनाशकारी भूकम्पका कारण काठमाडांै वरपरका जिल्लाहरु नराम्रोसँग प्रभावित भए । खासगरी बिपत्मा समस्याको मारमा सबैभन्दा बढी बालबालिका र जेष्ठ नागरिकहरु पर्नु स्वभाविक पनि हो । यसै क्रममा संस्थामा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोगको ओइरो लाग्यो । व्यवस्थापकीय जिम्मेवारीमा संस्थाका हालका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्मा छानिए । बालबालिकाको नाममा आएको सहयोगको व्यवस्थापन गर्ने जिम्मा पाएलगत्तै शर्माको आर्थिक हैसियत पनि एकाएक परिवर्तन भयो । भूकम्प धेरैका लागि दुभाग्र्य बन्यो भने, एसओएसका उपल्लो तहका कर्मचारी र निर्देशक शर्माका लागि भने रातारात भाग्य चम्काउने सुनौलो अवसर बन्यो ।

खासगरी बिपत्मा समस्याको मारमा सबैभन्दा बढी बालबालिका र जेष्ठ नागरिकहरु पर्नु स्वभाविक पनि हो । यसै क्रममा संस्थामा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोगको ओइरो लाग्यो । व्यवस्थापकीय जिम्मेवारीमा संस्थाका हालका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्मा छानिए । बालबालिकाको नाममा आएको सहयोगको व्यवस्थापन गर्ने जिम्मा पाएलगत्तै शर्माको आर्थिक हैसियत पनि एकाएक परिवर्तन भयो । भूकम्प धेरैका लागि दुभाग्र्य बन्यो भने, एसओएसका उपल्लो तहका कर्मचारी र निर्देशक शर्माका लागि भने रातारात भाग्य चम्काउने सुनौलो अवसर बन्यो ।

को हुन् शर्मा ?

स्याङ्जा जिल्लाको एक विपन्न परिवारमा जन्मेका शर्मा एसओएस बालग्राममा आजभन्दा करिब ३५ वर्ष अगाडि स्वयंसेवक शिक्षकका रूपमा प्रवेश गरेका हुन् । जजमानी पेशामा रहेका शर्माका बुबाले दुःखजिलो गरी शर्मालाई एसएलसीसम्मको शिक्षा गाउँमै गराएका थिए । पोखराको पृथ्वीनारायण क्याम्पसबाट पढ्न आउँदा पाण्डे थरका एक धनी परिवारमा बिहान–बेलुका भात पकाउने काम गरेका शर्मालाई पाण्डेकै सहयोगमा एसओएस बालग्राम गण्डकीमा शिक्षकको रुपमा प्रवेशको अवसर मिल्यो । आफ्नो कामका लागि दुनियाँको जेसुकै काम गर्नसमेत पछि नपर्ने चरित्रका कारण केही वर्ष बालग्राममै काम गरेपश्चात शर्मा हर्मन माइनर विद्यालयमा शिक्षकको रुपमा नियुक्त भए । एक दशक पोखरामा काम गरेपछि शर्मा सुर्खेतको हर्मन माइनर विद्यालयमा प्राचार्यको रुपमा नियुक्ति लिन सफल भए ।

सुर्खेतमा काम गरको केही वर्षमै २०५२ सालतिर काभ्रेको पनौतीमा एसओएसबाल ग्राम बन्ने कुरा थाहा पाएका शर्माले पनौती सरुवा मागे । संस्थाको प्रमुखहरुलाई हरेक हिसाबले रिझाउन सिपालु शर्माले पनौतीमा रहेको हर्मन माइनर विद्यालयको प्राचार्यमा सरुवा पाए । एसओएस बालग्राम अन्य गैरसरकारी संस्थाजस्तो धेरै नै सेवा सुविधा भएको संस्था मानिँदैन । सीमित तलबमान भए पनि स्थायी सुविधा भएका कारण यो संस्थामा एकपटक प्रवेश गरेपश्चात कर्मचारीहरु यो संस्था छोड्न चाहँदैनन् । काभ्रेमा जर्मनी एसओएसको सहयोगमा एसओएस काभ्रेको भौतिक संरचना बन्ने क्रम सुरु भयो भने अर्कोतर्फ शर्माको नाममा समेत बनेपाको पृथ्वी राजमार्गसँगै जोडिएको जनगालमा ६ रोपनि जग्गा जोडियो । हाल उक्त जग्गा रोपनीकै करोडौँको भाउ पर्छ । हालः उक्त जग्गामा शर्माका सहोदर दाइ खेती तथा गाईपालन गरेर बसेका छन् ।

२०७२ सालको भूकम्पमा एसओएस बालग्रामले दोलखा, सिन्धुपाल्चोक, गोरखा, काभ्रेलगायतका जिल्लाहरुमा विभिन्न पुनःनिर्माणको काम सुरु ग¥यो । त्यसको नेतृत्व शर्माले नै गरे । अन्य जिल्लामा भन्दा दोलखाको लाकुरीडाँडाको एउटा सामुदायिक विद्यालय र स्थानीय १२० परिवारका घरहरु बनाइदिने जिम्मा एसओएसले लियो । आफ्नै भाञ्जा पर्ने व्यक्तिलाई एसओएस बालग्रामको इन्जिनियरको रुपमा नियुक्ति दिलाएका शर्माले विद्यालय निर्माण र स्थानीय बासिन्दाका घर बनाइदिँदा भने ठूलै आर्थिक लाभ लिए । उता दोलखामा एक वर्ष पनि नटिक्ने स्थानीयवासीका घरहरु बन्न थाले यता शर्माले आफ्नी श्रीमतीका नाममा भक्तपुरको मध्यपुर ठिमी नपा–२ लोकन्थलीमा १० आना जग्गा जोडिहाले । काभ्रेको लाकुरीडाँडामा सामुदायिक विद्यालयको तीनतले भवन बन्दै गयो शर्माको लोकन्थलीमा रहेको निजी जग्गामा पनि महल ठडिदै गयो । जानकारहरुका अनुसार शर्माको घरमा एसओएसले करोडौंको लगानीमा निर्माण गरेको विद्यालयमा प्रयोग गरेका निर्माण सामग्रीहरु नै निर्माण कम्पनीले उनको निजी घर बनाउन निर्माण सामग्री पठाएको थियो ।

नेपालको श्रम ऐनले सरकारी वा गैरसरकारी जुनसुकै क्षेत्रमा कार्यरत कर्मचारीको उमेरहद तोकेको छ । श्रम ऐन २०७४ का अनुसार कुनै पनि क्षेत्रमा कार्यरत श्रमिकको उमेरहद ५८ वर्ष तोकिएको छ । श्रम ऐन २०७४ को दफा १४७ का अनुसार नियमित रोजगारीमा रहेको श्रमिकले ५८ वर्षको उमेर पूरा भएपछि रोजगारीबाट अनिवार्य अवकाश पाउनेछ । तर यो नियम बालग्रामका अन्य कर्मचारीको हकमा लागू भए पनि राष्ट्रिय निर्देशक शर्माको हकमा लागू हुँदैन, किनकि उनी आफूलाई कुनै नियम र कानुनभन्दा माथि रहने दाबी गर्छन् । शर्मा २०१६ सालमा जन्मिएका हुन् । नागरिकताअनुसार उनी ६२ वर्षका भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्