Logo
Logo

एनआईसी एशियाद्वारा चमत्कारिक बचतअन्तर्गत २० लाख बीमा रकम भुक्तानी


दृष्टि संवाददाता


काठमाडौं । एनआइसी एशिया बैंकले बचतसँगै बीमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिजअन्तर्गत उपलब्ध रू २० लाख बिमा रकम जनही रु १० लाखका दरले दुई जना जनालाई भुक्तानी गरेको छ । सियारी गाउँपालिकाको हर्नैया स्वास्थ्यचौकीमा कार्यरत बुटवल निवासी ४४ वर्षीया निशा श्रेष्ठ आले कक्षपतिले यस बैंकको रुपन्देहीस्थित सियारी शाखामा सुपर चमत्कारिक तलब बचत खाता खोलेकामा खातावाल तथा निजको परिवारका सदस्यलाई समेत उपलब्ध बीमा सुविधा अनुरुप उनका पति जवीनप्रसाद कक्षपतिको घातक रोग उपचारवापत उक्त रकम प्राप्त गरेका हुन् ।

त्यसैगरी सोही जिल्लाको रुद्रपुर शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका कञ्चन गाउँपालिका–३ निवासी ४७ वर्षीय बिनबहादुर वर्मालाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको छ । उक्त बीमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।

बैंकले हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहक महानुभावहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू एक लाख (अस्पताल भर्नामा रू ८० हजार र बहिरंग उपचारमा रू २० हजारसँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकले पाउनेछन् । बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४४५ जनाभन्दा बढी ग्राहकले बीमावापतको रू २ करोड ९० लाखभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।

यस बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गरिरहेको छ । २२ लाखभन्दा बढी ग्राहक रहेको र बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको जनाइएको छ । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू २ अर्ब ६५ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको थियो । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता दुर्गम जिल्लाहरूमा तथा कुनै पनि वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्