Logo
Logo

महामारीमा छायाँ गृहमन्त्री बेपत्ता


दृष्टि संवाददाता


काठमाडौं । देशमा कोरोना महामारी नियन्त्रणबाहिर पुगेको छ । आधा देश लकडाउनमा छ । यस्तो अवस्थामा सबैभन्दा सक्रिय हुनुपर्ने मन्त्रालयमध्ये एक गृह हो । तर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गुमनाम छन् । उनलाई देशको चिन्ताभन्दा राष्ट्रिय सभा सदस्यमा फेरि कसरी निर्वाचित हुने भन्नेमै चिन्ता छ ।

यत्रो महामारी नियन्त्रणमा गृहमन्त्रीको कुनै सक्रियता छैन । बोलाइएका बैठकमा उनी जान्छन्, बस त्यती हो । जबकी यस्तो बेला ठूलो भूमिका गृह मन्त्रालयकै हुन्छ ।

यत्रो महामारी नियन्त्रणमा गृहमन्त्रीको कुनै सक्रियता छैन । बोलाइएका बैठकमा उनी जान्छन्, बस त्यती हो । जबकी यस्तो बेला ठूलो भूमिका गृह मन्त्रालयकै हुन्छ । कसरी अगाडी बढ्ने भन्नेमा रणनीति बनाउन समेत उनले सक्रियता देखाएका छैनन् । गृह मन्त्रालय स्रोतका अनुसार कर्मचारीले कुनै प्रस्ताव राख्दा त्यसमा सहमति जनाउने बाहेक उनको खासै कुनै नयाँ कुरा समेत आउने गरेको छैन ।

कसरी अगाडी बढ्ने भन्नेमा रणनीति बनाउन समेत उनले सक्रियता देखाएका छैनन् । गृह मन्त्रालय स्रोतका अनुसार कर्मचारीले कुनै प्रस्ताव राख्दा त्यसमा सहमति जनाउने बाहेक उनको खासै कुनै नयाँ कुरा समेत आउने गरेको छैन ।

हुन त उनलाई गृहमन्त्रीको पद कति प्यारो छ भन्ने कुरा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेबाट पनि प्रष्ट भइसकेको छ । जनयुद्धका सहयात्रीलाई छाडेर गृह मन्त्रालयकै कारण उनी एमालेमा प्रवेश गरेका छन् । एमालेले उनलाई बागमती प्रदेशको इन्चार्ज बनाएपनि उनी एमालेमा घुलमिल हुन सकेका छैनन् ।

गृह मन्त्रालय समेत अस्तव्यस्त छ । यस्तो बेला सुरक्षाकर्मीलाई उत्प्रेरित गर्न सरकारले कुनै काम गर्न सकेको छैन । पहिलो लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई जोखिम भत्ता दिने भनेर पनि दिइएन । यसमा गृहमन्त्री बादलले कुनै चासो दिएनन् । राशन भत्ता बृद्धि गर्न पनि सिफारिस भएपनि यसमा प्रगती भएको छैन । गृह मन्त्रालयले सक्रियता नदेखाउँदा सइको बढुवा हुन सकेको छैन । सशस्त्र प्रहरीमा आधारभुत सुविधा बिना नै सशस्त्र प्रहरी बलका बोर्डर आउट पोष्ट(बिओपी)स्थापना भएका छन् । काम देखाउनका लागि मात्र बिओपी थपिएका छन्, जबकी त्यहाँको जनशक्तिको अवस्था उस्तै छ ।

महामारी नियन्त्रण भन्दा गृहमन्त्रीको ध्यान डिआइजी सरुवामा छ । आफु निकट डिआइजीलाई उनी प्रदेश इन्चार्ज बनाउन चाहन्छन् । तर, मध्यवाधि निर्वाचन घोषणा गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफैं डिआईजी सरुवाको तयारी गरिरहेका छन् ।

पछिल्लो समय प्रहरी र गृह प्रशासनमा बालुवाटारको सिधा हस्तक्षेप छ । गण्डकीमा राष्ट्रिय जनमोर्चाका सांसदलाई अस्पताल पु¥याउने रहस्यमय घटनामा कास्कीका सिडिओ थानेश्वर गौतमको शंकास्पद भूमिका देखिएको थियो । उता आइतबार लुम्बिनीमा डिआजी रबिन्द्र धानुकले महिला सांसदहरुमाथि दुव्र्यवहार गरेका थिए । बालुवाटारको निर्देशनमा पूरै गृह प्रशासन सञ्चालन भइरहेको छ, बादल भने छायाँ गृहमन्त्री बनेर बसेका छन् । यत्रो महामारीमा उनले कुनै बैठक तथा निर्देशन समेत दिएका छैनन् । गृहमन्त्रीको निष्क्रियतालाई गृह मन्त्रालयकै अधिकारी र प्रहरी अधिकारीले समेत अनौठो मानिरहका छन् ।

प्रतिक्रिया दिनुहोस्