Logo
Logo

कांग्रेस पदाधिकारी बैठक सुरु


दृष्टि संवाददाता

315
Shares

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक सुरु भएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन अधिवेशन आह्वान गरेपछि सभापति देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको स्रोतले बताएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा।शंशाङ्क कोइराला, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, पूर्ण बहादूर खड्का, प्रकाशमान सिंह, सुनिल थापा, रमेश लेखक, बालकृष्ण खाँण गोपालमान श्रेष्ठ उपस्थित रहेको स्रोतले जनाएको छ ।

पदाधिकारी बैठक सोमबार नै बस्नै भनिएपनि केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्