राष्ट्रपतिद्वारा सात अध्यादेश जारी « Drishti News – Nepalese News Portal
Logo

राष्ट्रपतिद्वारा सात अध्यादेश जारी


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात अध्यादेश जारी गरेका छन् । राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधनसहितका अध्यादेश जारी गरेका हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

जारी अध्यादेशमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ छन् ।

प्रतिक्रिया दिनुहोस्