Logo
Logo

माओवादीले भन्यो- लुम्बिनीको नयाँ सरकार अवैधानिक


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा हालै गठन गरिएको नयाँ सरकारलाई असंवैधानिक भएको निष्कर्ष निकाले छ । मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशको नयाँ सरकारलाई असंवैधानिक ठहर गरेको हो ।

बैठकपछि नारायणकाजी श्रेष्ठले भने- ‘लुम्बिनी प्रदेशमा अवैधानिक ढंगले नयाँ प्रदेश सरकार बनाइएको घोषणा गरिएको छ । त्यो पूर्णरूपले अवैधानिक छ । र, लोकतान्त्रिक मूल्य, मान्यता र राजनीतिक नैतिकताको चरम उल्लंघन र स्खलन हो । त्यसैले हामी लुम्बिनी सरकार भनिएको कथित सरकारलाई अवैधानिक घोषणा गर्दछौं ।’

विपक्षीले आफूसँग बहुमत रहेको हस्ताक्षरसहित दाबी गरिरहेको अवस्थामा आइतबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले शंकर पोखरेललाई मुख्यमन्त्री घोषणा गरेका थिए । साथै, मुख्यमन्त्री कार्यालयमै पुगेर शपथ खुवाएका थिए ।

प्रतिक्रिया दिनुहोस्