Logo
Logo

विश्वासको मतमा प्रधानमन्त्रीलाई असफल बनाउने कांग्रेसको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा असफल गराउने निर्णय गरेको छ ।

कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले विश्वासको मत पास हुन नदिने बताएकाे हाे । नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विशेष अधिवेशन बोलाएकोमा पनि असन्तुष्टि जनाएको छ ।

बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, विश्वासको मत प्रयोजनका लागि संसद बोलाउने काम भएको छ, यसमा ओलीलाई फेल गराउन लाग्ने कुरा भएको छ ।’

बैठकपछि पत्रकारसँग कुरा गर्दै सहमहामन्त्री प्रकाशशरण महतले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको कामको समेत भर्त्सना गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्