Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोनाबाट अहिलेसम्मकै धेरै मृत्युदेखि माओवादीद्वारा समर्थन फिर्तासम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेपालमा हालसम्मकै धेरै कोरोना भाइरसका संक्रमित थपिए, २४ घण्टामा देशभर सात हजार ५ सय ८७ जनामा संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८ सय ९३ जनामा संक्रमण पुष्टि, मृुत्यु हुनेको संख्यामा पनि वृद्धि, पहिलोपटक ५५ कोरोना संक्रमितको मृत्यु, संक्रमण फैलदै गएपनि नागरिक अझै स्वास्थ्य मापदण्ड पालना गर्न अटेर ।

२. वैशाख १६ देखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई २९ गतेसम्म लम्ब्याउने उपत्यकाका तीनै जिल्लाका सीडीओको बैठकले निर्णय, खाद्यन्न पसल बिहान मात्रै खोल्न पाइने, बैँक तथा वित्तीय संस्थामा एक तिहाई कर्मचारीबाट मात्रै सञ्चालन गर्नुपर्ने, उपत्यका बाहिर जान १० दिन क्वारेन्टाइनमा बस्ने पालिकाको पत्र अनिवार्य गरियो ।

३. केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय, बुधबार समर्थन फिर्ता लिएको जानकारी संसद सचिवालायमा दर्ता गरिने,ब जेट अधिवेशनका लागि संसद्को संयुक्त अधिवेशन आह्वान गर्ने बेलामा विश्वासको मत लिने कार्यसूची बनाएर सरकारले प्रतिनिधिसभाको मात्रै अधिवेशन आह्वान गरेकोमा नियतमाथि प्रश्न, अधिवेशन आह्वानमा प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको माओवादी निष्कर्ष ।

४. प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय, केपी ओलीलाई कुनै पनि हालतमा विश्वासको मत दिलाउन नदिने, अन्य दलसँग सहकार्य गरेर भएपनि प्रस्ताव विफल बनाउने रणनीति, त्यसपछि नयाँ सरकार गठनका बारेमा अघि बढ्ने निष्कर्ष ।

५. सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संवैधानिक परिषदसहित सात अध्यादेश जारी, भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ लगायत जारी, मंगलबार जारी अध्यादेशअनुरुप हुने संवैधानिक निकायहरुको नियुक्तिको विरोध गर्ने नेपाली कांग्रेसको निष्कर्ष ।

६. नेकपा माओवादी केन्द्र धनुषाद्वारा जिल्लाका चार जना जनप्रतिनिधिसँग स्पष्टीकरण माग, पार्टीद्वारा विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास, उप प्रमुख निलमदेवी मण्डल, शहीदनगर नगरपालिकाका उप प्रमुख शिलादेवी कापर र सबैलालाई नगरपालिकाका उप–प्रमुख निलुदेवी कापरसँग स्पष्टीकरण सोधियो, नेकपा एमालेको कार्यक्रममा सहभागी हुँदै आएको भेटिएपछि स्पष्टीकरण सोधिएको भनाइ ।

७. सरकारद्वारा दुई देशका राजदूतको म्याद थप र एक देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय, गत आइतबारको मन्त्रिपरिषद बैठकद्वारा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय, जापानका लागि प्रतिभा राणा र ओमानका लागि राजदूत शर्मिला पराजुलीको म्याद थप ।

८. सेयर झिनो अंकले बढ्दा कारोबार रकम भने फराकिलो अन्तरले घट्यो, १० कम्पनीको १०%ले मूल्य बढ्यो, सिईडिबि हाइड्रोपावर ११.२४ गुणा बढी आवेदन, ९४ प्रतिशत आवेदन अनलाईनबाट, बुधबारदेखि निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थालाई थप कस्दै प्रशासन, २५ प्रतिशत मात्रै शाखा खोल्न पाउने, तरलता टाइट नहुने र अन्य क्षेत्रमा अवसर नभएपछि लगानीकर्ता शेयर बजारमै होल्ड हुने क्रम बढ्यो, नेपाल लाइफ इन्स्योरेन्स २१ औं वर्षमा प्रवेश, जीवन बीमा कोष एक खर्ब रुपैयाँ नाघ्यो ।

९. काठमाडौं रेजर्सको पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा दोस्रो जित, मंगलबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्न सफल, इटालियन क्लब रोमाको मुख्य प्रशिक्षकमा जोसे मोरिन्हो नियुक्त, खेलाडी र अफिसियलस्मा कोरोना देखिएपछि इण्डियन प्रिमियर लिग (आइपीएल) अनिश्चित कालका लागि स्थगित ।

१०.र, कोरोना संक्रमण तीब्र भएपछि भारतको बिहारले घोषणा ग¥यो लकडाउन,दुई महिना निःशुल्क खाद्यान्न वितरण गर्ने दिल्ली सरकारको निर्णय, ट्याक्सी र अटो चालकलाई ५ हजार रुपैयाँ,भारतमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो, दिल्ली सरकारले माग्यो सेनाको सहयोग,बुर्किना फासोको कोडेल गाउँमा बन्दुकधारीको आक्रमण, ३० जनाको हत्या,अमेरिका प्रवेश गर्न पाउने शरणार्थीको संख्या बाइडेन प्रशासनले बढायो ।

प्रतिक्रिया दिनुहोस्