Logo
Logo

बैंक तथा वित्तीय संस्थाहरुले काठमाडौंमा २५ प्रतिशत मात्रै शाखा खोल्न निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले यसअघि वितरण भएका सबै पास खारेज गर्ने निर्णय गरेको छ । आज बसेको तीनवटै जिल्ला प्रमुख अधिकारीहरुको बैठकले यस अगाडि वितरण गरेका सबै पासहरु खारेज गर्ने निर्ण गरेको हो ।

अब अति आवश्यक अवस्थामा बाहेकका जिल्ला प्रशासन कार्यालयबाट सवारी पास वितरण गर्न सक्ने व्यवस्था गरेको छ । यस्तै बैंक तथा वित्तीय संस्था सवारी साधन सञ्चालनको हकमा सीमित सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयललाई दिने व्यवस्था मिलाएको छ ।

यस्तै बैठकले काठमाडौं उपत्यकामा २५ प्रतिशत शाखा कार्यालयहरु मात्र खुल्ला रहने गर्ने र केन्द्रिय कार्यालयहरुले २० प्रतिशत जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्ने व्यवस्थ मिलाउनु पर्नेछ । सोको विवरण पनि नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिनुपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले यसअघि पनि यस्तो निर्देशन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्