Logo
Logo

नेपाल बैंकको साढे ३ अर्बको ऋणपत्र बिक्री खुला


दृष्टि संवाददाता


काठमाडौं । नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले आज अर्थात बैशाख २२ गतेदेखि सो परिमाण अर्थात एक हजार रुपैयाँ अंकित दरका ३५ लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको हो ।

जसमध्ये १४ लाख कित्ता सर्वसाधारणलाई र बाँकी रहेको २१ लाख कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संघसंस्थालाई व्यक्तिगत तवरबाट बिक्री गरिएको बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार बाँडफाँड गरी बाँकी १ अर्ब ३८ करोड रुपैयाँ ऋणपत्र सार्वजनिक निष्काशनबाट बिक्री खुला भएको हो ।

बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा बैशाख २६ गते र ढिलोमा जेठ ५ गतेसम्म बन्द हुने गरी तोकिएको छ । बैंकको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । वार्षिक ८.५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने जनाएको छ ।

बैंकले ऋणपत्र निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले बैंकलाई लो क्रेडिट रिक्स जनाउने इक्रा एनपी इस्युअर रेटिङ सिंगल ए प्रदान गरेको छ । सो रेटिङ प्राप्त गर्ने संस्थालाई समयमै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जा जोखिम न्यून भएको संस्थाको रुपमा लिइन्छ । बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । यससँगै, लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवं तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्