Logo
Logo

माओवादी प्रवेश गर्न लागेका एमाले सांसद डाँगीले दिए राजीनामा


दृष्टि संवाददाता


वुटवल । लुम्बिनी प्रदेशका सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं २ (ख)बाट निर्वाचित डाँगीले बुधबार राजीनामा बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचीव दुर्लभ कुमार पुनले प्रदेशसभा सदस्य डाँगीले राजीनामा बुझाएको र सभामुखको निर्देशन अनुसार प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

डाँगी अब माओवादी केन्द्र प्रवेश गर्ने बताइएको छ । माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले मंगलबार नै डाँगीले सांसद पदबाट राजीनामा दिएपछि माओवादी प्रवेश गर्ने जानकारी दिएका थिए ।

डाँगीले राजीनामा दिएपछि मुख्यमन्त्रीको पक्षमा ३८ जना सांसद मात्रै भएका छन् । यसअघि एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य दृगनारायण पाण्डेले राजीनामा दिएका थिए । राजीनामा दिएसँगै उनी नेपाली कांग्रेस प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्