Logo
Logo

ओली र पोखरेलविरुद्ध एमालेमा विद्रोहः अर्का सांसदले दिए राजीनामा


दृष्टि संवाददाता



काठमाडौं । लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) अर्का सांसदले राजीनामा दिएका छन् । निर्वाचित सांसद अमरबहादुर डाँगीले राजीनामा दिएका हुन् ।

दाङ २ (ख) बाट निर्वाचित डाँगीले आज बिहान राजीनामा दिएको प्रदेश सभाका प्रवक्ता हरिहर पोखरेलले जानकारी दिए। मुख्यमन्त्री शंकर पोखरेल दाङकै क्षेत्र नं. २ (क) बाट निर्वाचित भएका हुन्।
मन्त्री पदका आकांक्षी डाँगीले मुख्यमन्त्री पोखरेलसँगको असन्तुष्टीका कारण राजीनामा दिएको बुझिएको छ। डाँगीको राजीनामा स्वीकृतिको प्रक्रियामा रहेको प्रवक्ता पोखरेलले बताए।
यसअघि उपनिर्वाचनमा दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट नेकपाको उम्मेद्वार बनेर निर्वाचित बिमलाकुमारी खत्रीले माओवादी पार्टी रोजेकी थिइन् भने नेकपा एमालेका अर्का सांसद् (कपिलवस्तु २ (क) बाट निर्वाचित) दृगनारायण पाण्डेयले पनि राजीनामा दिएका थिए।
एमाले अध्यक्ष केपी ओली तथा मुख्यमन्त्री शंकर पोखरेलको निरकुंश कार्यशैलीका कारण एमालेमा विद्रोह बढ्दै गएको छ । केन्द्रमा पनि ओलीविरुद्ध सांसदहरुले विद्रोहको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्