Logo
Logo

ओलीका मान्छेले कमिसन खोजेपछि भारतबाट खोप रोकिएको खुलासा




काठमाडौं । प्रधानमन्त्री ओलीकै कारण भारतबाट कोभिड १९ विरुद्धको खोप नआएको पुष्टि भएको छ । ओलीले आफू निकट व्यापारीलाई १० प्रतिशत कमिसन दिएर मात्र खोप भारतबाट आयात गर्न खोजेका थिए ।


भारतको सेरम इन्स्टिच्युटलाई गत माघमै २० लाख डोज खरिदका लागि सरकारले अग्रिम भुक्तानी गरेपनि हालसम्म खोप आएको छैन । सेरमको नेपाली एजेन्ट हुकुम इन्टरप्राइजेजले कमिसन खोजेको हो । सो कम्पनी प्रधानमन्त्री ओली विश्वासपात्र व्यापारी सुरज बैद्य र विजय दुगड हो । बैद्य ओलीका विश्वासपात्र व्यापारी हुन् भन् दुगड ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगड निकट हुन् । उनीहरुले आफुहरुलाई १० प्रतिशत कमिसन नदिएसम्म सेरमबाट खोप ल्याउन नदिएका हुन् ।

तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग बैद्य र दुगडले सेटिङ मिलाइसकेका थिए । १० प्रतिशत कमिसनको लेनदेनमा कुरा मिलेको थियो । यही बीचमा स्वास्थ्य मन्त्रीमा त्रिपाठी नियुक्त भएपछि फेरि विवाद बढेको थियो । त्रिपाठीले कमिसन नदिने बताएपछि एजेन्टहरुले खोप रोकेका थिए ।

पछि भारतमा कोरोना संक्रमण बढेपछि उसले खोप निर्यातमा प्रतिबन्ध लगायो । सुरुमा दुई महिना कमिसनको चक्करमा रोकिएको खोप जसकारण कहिले आउने टुंगो लागेन ।


यसको पुष्टि स्वास्थ्यमन्त्री हृदयेश ज्ञिपाठीले गरिसकेका छन् । उनले अन्र्तवार्तामा नै बिचौलियाहरुले खोप रोकेको बताएका थिए ।
यसअघि स्वास्थ्य सामाग्री खरिदमा ओम्नी ग्रुपसँग मिलेर भ्रष्टाचार गर्दा सरकार बदनाम भएको थियो । खोपमा समेत बालुवाटारले कमिसन खोजेको पुष्टि भएको छ । यसले वर्तमान सरकार कसरी माफियाको हातमा छ भन्ने प्रष्ट भएको छ ।
देशमा कोरोना संक्रमण अनियन्त्रित भएको बेला प्रधानमन्त्री अ‍ोली यस्तै कमिसन तथा नियुक्ति र बर्खास्तीका खेलमा केन्द्रीत छन् ।

प्रतिक्रिया दिनुहोस्