काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।
नेकपा माओवादी केन्द्रले आफू नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली कांग्रेस सभापति देउवलाई भेट्न पुगेका हुन् । माओवादी केन्द्रले समर्थन फिर्ताको पत्र आज बिहान संसद सचिवालयमा बुझाइएको थियो ।
देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री ओली बुधबार दिउँसो देउवा निवास पुगेका हुन् । उनले भने, ‘प्रधानमन्त्रीज्यू केहीबेरअगाडि सभापति निवास आउनुभएको हो। अहिले उहाँहरूबीच कुराकानी भइरहेको छ ।’
बैठकमा नेपाली कांग्रेको तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला, पुर्ण बहादुर खड्का र प्रकाश शरण महत सहभागी छन् ।
ओलि समूह तर्फबाट गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री बिष्णु पौडेल, उपनेता सुवासचन्द्र नेम्वाङ र पप्रधानमन्त्री ईश्वर सहभागी छन् ।