Logo
Logo

अन्तर्राष्ट्रिय उडान बन्द हुने भएपछि विमानस्थलमा भीड (भिडियोसहित)



काठमाडौं । कोरोना संक्रमणका कारण बिहीबारबाट अन्तर्राष्ट्रिय उडान बन्द हुने भएपछि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीड लागेको छ ।

नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द हुने भएपछि बिभिन्न देशमा जाने यात्रुहरुको अन्तराष्ट्रिय बिमानस्थलमा भीड लागेको हो । यसअघि सरकारले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो । बिमानस्थलमा पुगेका यात्रुहरुले निर्धारित मितिभन्दा पहिले नै नेपाल छोड्न लागेको बताएका छन् ।

उनीहरुले निषेधाज्ञाका कारण बिमानस्थलसम्म आउन पनि समस्या भएको बताएका छन् । १६ गतेदेखि एक हप्ताको लागि जारी भएको काठमाडौंको निषेधाज्ञा पुनः एक हप्ता थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्