Logo
Logo

ओली दलबलसहित देउवा निवासमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच छलफल जारी छ । देउवा निवास बूढानीलकण्ठमा वर्तमान राजनीति परिस्थितिबारे छलफल भइरहको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरका अनुसार छलफलमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।

यस्तै काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत नेता कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्य रमेश लेखक लगायत सहभागी छन् ।

२७ बैशाखमा विश्वासको मत दिने तयारीमा रहेका ओलीले काँग्रेस नेतासँग छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि, मंगलबार बसेको कांग्रेस बैठकले ओलीलाई कुनै पनि हालतमा विश्वासको मत नदिने निष्कर्ष निकालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्