Logo
Logo

ओलीलाई देउवाको जवाफ- तपाईलाई सहयोग गर्न सकिन्न



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मतको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

बुधबार दलबलसहित देउवा निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले वैशाख २७ गतेको बैठकमा आफूलाई विश्वासको मत दिन भनेका हुन् ।

तर, सभापति देउवाले मत नदिने प्रतिक्रिया दिएको बैठकपछि सञ्चारकर्मीसँग नेता प्रकाशशरण मतले बताए । यस्तै, बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेससँग सहकार्यको समेत प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरका अनुसार छलफलमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

यस्तै काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत नेता कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्य रमेश लेखक लगायत सहभागी थिए ।

यसअघि, मंगलबार बसेको कांग्रेस बैठकले ओलीलाई कुनै पनि हालतमा विश्वासको मत नदिने निष्कर्ष निकालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्